अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आईएमईद्वारा सातै प्रदेशमा रेमिट्यान्स साक्षरता कार्यक्रम

आईएमईद्वारा सातै प्रदेशमा रेमिट्यान्स साक्षरता कार्यक्रम


काठमाडौं-रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमईले सातै प्रदेशमा रेमिट्यान्स साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ।

गत मंसिरबाट सातै प्रदेशमा सन्चालन गरिएको उक्त कार्यक्रममा प्रत्येक प्रदेश अन्तर्गतका व्यवसायिक साझेदार मित्रहरुको उत्साहपूर्वक उपस्थित रहेको कम्पनीले जनाएको छ। 

कार्यक्रममा सुरक्षित माध्यमबाट रेमिट्यान्स र यसको प्रयोगका विषयमा केन्द्रित रहेर रेमिट्यान्स मार्फत प्राप्त भएको रकम सुरक्षित रूपमा कसरी हस्तान्तरण गर्ने, रेमिट्यान्स गरि रकम पठाउने तथा प्राप्त गर्ने ग्राहकले विशेषगरी के कुरामा ध्यान पुर्याउने तथा रेमिट्यान्सको डिजिटल प्रगोग सम्बन्धी विषयमा रहेर प्रशिक्षण सम्पन्न गरिएको हो।

वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरु तथा स्वदेशमै दुख गरी कमाएको रकमको सुरक्षाको उद्देश्यका साथ सो कार्यक्रम गरिएको कम्पनीले जनाएको छ।

Skip This