अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शीर्ष नेताहरुको संयुक्त बैठक आज पनि बस्दै, सिट बाँडफाँटको विषयमा छलफल हुने

शीर्ष नेताहरुको संयुक्त बैठक आज पनि बस्दै, सिट बाँडफाँटको विषयमा छलफल हुने


काठमाडौँ–प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको संयुक्त बैठक आज फेरि बस्ने भएको छ । राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल शीर्ष नेताहरुको संयुक्त बैठक आज पनि बस्न लागेको हो ।

हिजोको छलफल टुंगोमा पुग्न नसकेपछि आज बिहान ९ बजे पुनः बैठक बस्न भएको छ । हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताको संयुक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाको सिट बाँडफाँटमा एमालेलाई नछुटाउन आग्रह गर्नुभएको थियो । 

एमालेको आग्रहमा हिजो सहमति नभएपछि आ–आफ्नो दलभित्र छलफल गरेर आज पुनः बैठक बस्ने सहमति भएको थियो । सोही सहमति अनुसार आज बिहान दलका शीर्ष नेताहरु पुनः बैठक बस्न लागेका हुन् ।

Skip This