अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रसिया र युक्रेनका लागि श्रम स्वीकृति दिन रोक

रसिया र युक्रेनका लागि श्रम स्वीकृति दिन रोक


काठमाडौँ-सरकारले युद्धग्रस्त मुलुकहरू रसिया र युक्रेनमा नेपाली नागरिकलाई श्रम स्वीकृति दिन रोक लगाएको छ। वैदेशिक रोजगार विभागले दुवै देशमा व्यक्तिगत तथा संस्थागत रूपमा श्रम स्वीकृति दिन रोक लगाएको हो।

विभागले एक सूचना जारी गर्दै नेपाली नागरिकहरू रसिया जाँदा हुनसक्ने थप क्षतिलाई न्यूनीकरण गर्न र यस विषयलाई मध्यनजर गर्दै हाललाई अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको विभागले जनाएको छ।

रसिया-युक्रेनबिच युद्ध चलिरहेको बेला धेरै नेपालीहरू रुसी सेनामा भर्ना भइरहेका छन् । युद्धको क्रममा रुसी सेनामा कार्यरत १० जना नेपालीले ज्यान गुमाइसकेका छन्। केही नेपाली घाइते भएका छन् भने केही सम्पर्कविहीन बनेका छन् । यस्तो अवस्थामा आफ्ना नागरिकको सुरक्षा तथा थप क्षति हुन नदिन श्रम स्वीकृति दिन रोक लगाइएको विभागले जनाएको छ।

परराष्ट्र मन्त्रालयले यसअघि रुस जानेको हकमा कन्सुलर सेवा विभागबाट एनओसी अनिवार्य गराएको थियो ।