अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनिता बरालको प्रश्न: विदेशी पर्यटक नेपाल भित्र्याउन बोर्डसँग व्यवस्थित योजना छैन ?

सुनिता बरालको प्रश्न: विदेशी पर्यटक नेपाल भित्र्याउन बोर्डसँग व्यवस्थित योजना छैन ?


काठमाडौँ-नेकपा एमालेकी सांसद सुनिता बरालले विदेशी पर्यटक नेपाल भित्र्याउन पर्यटन बोर्डसँग व्यवस्थित योजना नरहेको बताउनु भएको छ ।

बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।

उहाँले नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा.धनञ्जय रेग्मीले समितिमा प्रस्तुत गर्नुभएको कार्यपत्रबाट पर्यटन बोर्ड विदेशी पर्यटकलाई कसरी व्यवस्थित रुपमा नेपाल भित्र्याउने भन्ने समृद्ध योजनामा नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले कार्यकारी निर्देशक रेग्मीले आफ्नो कार्यपत्रमा विदेशमा कति अर्गनाइजेशन छन्, कति वटा संगठनहरु छन् र तिनीहरुले के काम गरिरहेका छन् ? भन्नेबारेमा भन्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘यहाँ अर्गनाइजेशन छन्, कतिवटा संगठनहरु छन्, कतिले कसरी काम गरिरहेका छन् भन्नेकुरा अहिलेको प्रस्तुतिमा कतै आएन। त्यसको मतलव हामी व्यवस्थित रुपमा नेपाल बाहिरबाट नेपाल भित्रिने पर्यटकहरुलाई कसरी ल्याउँछौँ भन्ने कुरामा समृद्ध योजनामा छैनौँ भन्न सक्छौँ ।’ 

सांसद बरालले पर्यटन बोर्डले नेपाल आउने पर्यटकहरुले नेपालमा घुम्ने ठाउँहरुको जानकारी लिन कल सेन्टरको व्यवस्था गर्न नसकेको बताउनु भयो ।

उहाँले नेपाल आउने पर्यटकलाई सूचना दिने पहिलो स्रोत नेपाल पर्यटन बोर्ड हुनुपर्ने बताउनु भयो । सांसद बरालले काठमाडौँ, चितवन, पोखरा र लुम्बिनीभन्दा बाहिर पनि कार्यक्रमहरु गर्ने र पर्यटन प्रवद्र्धन गर्न आवश्यक कदम चाल्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।