अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना 

आज सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना 

चिसोबाट बच्न विभागको अनुरोध 


काठमाडौँ–हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज तराईका केही स्थानमा हुस्सु लागेको छ भने उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जसले गर्दा आज सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेको विभागले जनाएको छ । विभागका अनुसार हुस्सु/कुहिरोले दैनिक जनजीवन, स्वास्थ्यमा असर गर्ने भएकाले सचेत रहन विभागको आग्रह छ । यस्तै विभागले चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।