अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ आजको मौसम पूर्वानुमान 

यस्तो छ आजको मौसम पूर्वानुमान 


काठमाडौँ-हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सोमबार कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

तराई भू-भागका केही स्थानहरूमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने तथा अपराह्न सम्ममा क्रमिक रूपमा सुधार हुँदै जान सक्ने  मौसम पूर्वानुमान महाशाखाको भनाई छ । साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

मंगलबार कोशी, गण्डकी र कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा  आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।