काठमाडौँ-उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उच्च अदालतमा नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ।
उच्च अदालत पाटनमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा नवनियुक्त ३९ जना न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो।
न्याय परिषद्को यही पुस १८ गतेको बैठकले उच्च अदालतमा रिक्त ४० पदमध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियो। उच्च अदालतमा नियुक्त भएका न्यायाधीशमध्ये २६ जिल्ला अदालतका न्यायाधीश रहिसक्नुभएको छ भने न्याय सेवा र सरकारी वकिलबाट चारजना अधिकृत न्यायाधीशमा नियुक्त हुनुभएको छ। साथै नौजना कानुन व्यवसायीबाट न्यायाधीश नियुक्त हुनुभएको छ।






प्रतिक्रिया