अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फ्रान्सकी प्रधानमन्त्री एलिजाबेथद्वारा राजीनामा

फ्रान्सकी प्रधानमन्त्री एलिजाबेथद्वारा राजीनामा


काठमाडौँ-फ्रान्सकी प्रधानमन्त्री एलिजाबेथ बोर्नले पदबाट राजीनामा दिएकी छिन् । अध्यागमन मुद्दामा राजनीतिक तनाव बढ्न थालेपछि उनले पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सोमवार उनले पदबाट राजीनामा दिएकी हुन् । उनको राजीनामा फ्रान्सका राष्ट्रपति इम्यालुएल म्याक्रोले स्वीकृत पनि गरिसकेका छन् । उनले यसको जानकारी आफ्नो सामाजिक सञ्जालमार्फत् दिएका छन् ।

एलिजाबेथको राजीनामा पछि नयाँ प्रधानमन्त्रीमा शिक्षा मन्त्री ग्रैबियल अत्तल र रक्षामन्त्री सेबेस्टियन लेक्रोनुको नाम चर्चामा छ ।

त्यस्तै अर्थमन्त्री बु्रनो ली मेरे र पूर्व कृषि मन्त्री जुलियन डीनर्मैडीको पनि नाम चर्चामा रहेको बताइएको छ । नयाँ प्रधानमन्त्री चयन नभएसम्म राष्ट्रपति इम्यानुएलले नै कामकाज हेर्ने छन् ।-एजेन्सी

Skip This