अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शेख हसिनाको पार्टी एएलले जित्यो २२३ सिट 

शेख हसिनाको पार्टी एएलले जित्यो २२३ सिट 


काठमाडौँ–प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा रहेको सत्तारूढ बंगलादेशी अवामी लिग (एएल) पार्टीले संसदीय निर्वाचनमा २९८ मध्ये २२३ सिट जितेको छ । 

३०० सिटमध्ये एउटा निर्वाचन क्षेत्रको नतिजा आउन ढिलो भएको र एक निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारको मृत्यु भएपछि मतदान स्थगित गरिएको मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले बताउनुभयो ।  

बंगलादेशमा कुनै दलले संसद्को कुल १५१ सिट जित्न सके सरकार बनाउन सक्छ । बंगलादेशमा बहुमत प्राप्त गर्ने दलले सरकार बनाउन सक्ने उहाँले बताउनुभयो ।

सत्तारूढ एएल पार्टीका २६० भन्दा बढी उम्मेदवार राष्ट्रिय निर्वाचनमा सहभागी हुनुहुन्थ्यो । स्थानीय समयानुसार आइतबार बिहान ८ बजे सुरु भएको मतदान अपराह्न ४ बजे सकिएको थियो । आइतबार देशभरका ४२ हजारभन्दा बढी मतदान केन्द्रमा मतदान भएको थियो ।–एजेन्सी  

Skip This