अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोठामा निसास्सिएर भारतमा पाँच बालबालिकाको मृत्यु

कोठामा निसास्सिएर भारतमा पाँच बालबालिकाको मृत्यु


अमरोहा-भारतको उत्तर प्रदेशमा निसास्सिएर पाँच बालबालिकाको मृत्यु भएको छ । अमरोहा जिल्लाको एउटा गाउँमा गए राति निसास्सिएर उनीहरूको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

मृत्यु हुनेमा दुई बालक र तीन बालिका रहेका छन् । समाचारमा जनाइएअनुसार कोठामा कोइला बालिएको थियो । एउटै कोठामा सात जना सुतिरहेका थिए । कोठामा अक्सिजनको अभाव भएर उनीहरूको मृत्यु भएको अनुमान छ । दुई जनालाई उपचारका लागि अस्पताल लगिएको समाचारमा उल्लेख छ ।-एजेन्सी

Skip This