अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाकिस्तानले इरानबाट राजदूतलाई फिर्ता बोलायो

पाकिस्तानले इरानबाट राजदूतलाई फिर्ता बोलायो


काठमाडौँ-इरानले दुई जनाको ज्यान जाने गरी आक्रमण गरे लगत्तै पाकिस्तानले तेहरानमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाउने घोषणा गरेको छ । 

इरानले बलोचिस्तान प्रान्तमा क्षेप्यास्त्र प्रहार गर्दा दुई बालबालिकाको मृत्यु भएपछि पाकिस्तान आक्रोशित बनेको हो ।

हमलालगत्तै पाकिस्तानले इरानी आक्रमणको निन्दा गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले दुई देशबिचको वर्तमान र भविष्यमा हुने सबै उच्चस्तरीय ‘भ्रमण रद्द’ भएको घोषणा गरेको छ । 

इस्लामावादस्थित विदेश मन्त्रालयले आफ्नो हवाइ सीमाको हवाइ उल्लंघन पूर्णतया स्वीकार्य नहुने भन्दै त्यसको सम्भावित ‘गम्भीर परिणाम बेहोर्नुपर्ने’ चेतावनी दिएको बीबीसीले जनाएको छ ।

Skip This