अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

क्षेप्यास्त्र आक्रमणको दुई दिनपछि इरानमाथि पाकिस्तानको मिसाइल आक्रमण

क्षेप्यास्त्र आक्रमणको दुई दिनपछि इरानमाथि पाकिस्तानको मिसाइल आक्रमण


काठमाडौँ-पाकिस्तानले इरानी भूमिमा मिसाइल आक्रमण गरेको दाबी गरेको छ ।

बीबीसीका अनुसार पाकिस्तानले इरानको सीमावर्ती सिस्तान बालुचिस्तान प्रान्तमा भएका आतंककारीको गढमा आक्रमण गरेको दाबी गरेको छ ।

इरानले यस्तै भनेर पाकिस्तानको बालुचिस्तान प्रान्तमा गरेको आक्रमणको दुई दिनपछि पाकिस्तानले इरानी भूमिमा आक्रमण गरेको हो ।

पाकिस्तानी आक्रमणमा परेर तीन महिला र चार बालबालिकाको मृत्यु भएका इरानी मिडियाले उल्लेख गरेको बिबिसीले जनाएको छ ।

दुई दिन अगाडिको इरानी मिसाइल आक्रमणमा पाकिस्तानका दुई बालबालिकाको मृत्यु भएको पाकिस्तानले दाबी गरेको थियो ।

पछिल्ला हप्तामा इरानी भूमिमा भएका हिंसात्मक बम काण्ड र त्यसबाट सय बढीको ज्यान गएपछि इरानले इराक, सिरिया देखी पाकिस्तानी भूमिमा मिसाइल आक्रमण गरेको थियो ।

Skip This