अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वरिष्ठ गायक योगेश वैद्यको निधन

वरिष्ठ गायक योगेश वैद्यको निधन


काठमाडौँ–वरिष्ठ गायक तथा सङ्गीतकार योगेश वैद्यको निधन भएको छ । उहाँको हिजो राति साढे १२ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ। हिजो दिउँसो स्वास्थ्यमा केही समस्या देखिएको राति भ्याली अस्पताल लैजाने क्रममा उहाँको निधन भएको हो ।

७७ वर्षका गायक वैद्य नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र सङ्गीतकार हुनुहुन्छ । नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाऊ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ उहाँका लोकप्रिय गीत छन् भने भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय रहेका छन्।

वैद्यले हालै गंकी वसुन्धरा प्रतिष्ठानबाट प्रतिष्ठित ‘धुंस्वां साय्मि सिरपाः’ प्राप्त गर्नुभएको थियो । १२ वर्ष ९ महिनामै एसएलसी गरी त्रिचन्द्र कलेजबाट बीएस्सी डिग्री पाएका योगेश थाहै नपाई रेडियो नेपाल पुग्नुभएको थियो ।  

करिब ३३ वर्ष सरकारी जागिर खाएका योगेश ०६१ मा सहसचिव पदबाट अवकाश लिनुभएको थियो । उहाँको आज पशुपतिमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । उहाँका दुई छोरी र एक छोरा हुनुहुन्छ ।