काठमाडाैं-वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यकाे असामयिक निधनप्रति नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले गहिरो दुःख व्यक्त गर्नुभएकाे छ।
कालजयी गायक तथा संगीतकार वैद्यकाे निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अपर्ण गर्दै शोकसन्तप्त परिवार, आफन्तजन र शुभेच्छुकमा हार्दिक समवेदना प्रकट व्यक्त उपमहासचिव रिमालले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नुभएकाे हो।
वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षकाे उमेरमा बिहीबार राति निधन भएको थियो । उहाँ पारिवारले जानकारी दिए अनुसार सुन्धारास्थित काठमाडौं भ्याली अस्पतालमा उपचारका क्रममा निधन भएकाे हाे।
नेपाली आधुनिक संगीतका सदावहार गायककाे पहिचान बनाउनुभएका वैद्यले लामाे समय सरकारी सेवा पनि गर्नुभएकाे थियाे । उहाँले ०६१ मा सहसचिव पदबाट अवकाश लिनुभएकाे थियाे ।







प्रतिक्रिया