अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदन भण्डारी कलेज र टङ्कप्रसाद आचार्य मेमोरियल फाउन्डेसनबीच समझदारी पत्रमा हस्ताक्षर

मदन भण्डारी कलेज र टङ्कप्रसाद आचार्य मेमोरियल फाउन्डेसनबीच समझदारी पत्रमा हस्ताक्षर


काठमाडौं-मदन भण्डारी मेमोरियल कलेज र टङ्कप्रसाद आचार्य मेमोरियल फाउन्डेसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सरोकारवालाहरूसँगको संलग्नतालाई सुदृढ गर्ने निरन्तर प्रयासस्वरुप मदन भण्डारी मेमोरियल कलेजले टङ्कप्रसाद आचार्य मेमोरियल फाउन्डेसनसँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो।

आज समझदारी पत्रमा कलेजका क्याम्पस प्रमुख डा. बाबुराम अधिकारी र टङ्कप्रसाद आचार्य फाउन्डेसनका अध्यक्ष सुशील प्याकुरेलले हस्ताक्षर गर्नुभएको थियो ।

यस समझदारी पत्रमा हस्ताक्षर गर्नाले विपन्न परिवारका विद्यार्थीहरूलाई शिक्षामा पहुँच पुर्‍याउन संस्थाहरूबीच सहकार्यको बाटो खोलेको छ। थप रूपमा, यसले ज्ञान उत्पादन र आदानप्रदानको क्षेत्रमा साझेदारी स्थापित गर्ने क्याम्पस प्रमुख अधिकारीले बताउनुभयो।

त्यस्तै, समझदारीपत्रमा हस्ताक्षरपछि डा .अधिकारी र प्याकुरेलले दुबै संस्थाका अधिकारीहरूबीचको संयुक्त बैठकले अनुसन्धानसम्बन्धी पहल, छात्रवृत्ति योजना र छलफल श्रृङ्खलामा सहकार्यका विषयमा छिट्टै टुंगो लगाउने बताउनुभयो । दुबैजनाले आगामी दिनमा यो सहकार्यलाई विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

Skip This