अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आदिवासी जनजातिसम्बन्धी छुट्टै शिक्षालयको व्यवस्था हुनुपर्छ: रामबहादुर थापा मगर

आदिवासी जनजातिसम्बन्धी छुट्टै शिक्षालयको व्यवस्था हुनुपर्छ: रामबहादुर थापा मगर


काठमाडौँ-आदिवासी जनजाति आयोगले आफ्ना समुदायको ज्ञान, सिपसम्बन्धी छुट्टै शिक्षालयको व्यवस्था गर्नुपर्ने गर्नुपर्ने बताएको छ।  

आयोगका अध्यक्ष रामबहादुर थापामगरले आदिवासी जनजातिहरुको ज्ञान र सीप सम्बन्धी छुट्टै शिक्षालयको व्यवस्था गर्न आवश्यक हुने बताउनु भएको हो।

आज संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकका बोल्दै उनले विद्यार्थी संख्या पुगेन भन्दैमा विद्यालय नै हटाउने कानुनी व्यवस्था तत्काल हटाउन पनि सरकारलाई सुझाव दिनुभयो।

अध्यक्ष थापामगरले जिल्ला शिक्षा कार्यालयको व्यवस्था अव गर्न नहुनेतर्फ पनि सरकारलाई सचेत गराउनु भयो। पालिकाहरुको अधिकार कटौती हुने भएकाले पनि जिल्ला शिक्षा कार्यालयको व्यवस्था गर्नुपर्ने आवश्यकता नभएको उहाँको तर्क थियो।

Skip This