अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभा सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं-सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिको छैठौं वार्षिक साधारण सभा आम्रपाली बैंक्वेट, नक्साल, काठमाडौंमा गरेको छ।

कम्पनीका अध्यक्ष तारा चन्द केडियाको अध्यक्षतामा सञ्चालन भएको साधारण सभामा सभाध्यक्षले स्वागत मन्तव्य राख्नुको साथै वार्षिक विवरण समेत पेश गर्नुभयो।

कम्पनीको छैठौं वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने अघिल्लो आ.व. ०७८/७९ वार्षिक प्रतिवेदन सहित साबिक सानिमा लाईफ इन्स्योरेन्स लि. तथा रिलायन्स लाइफ इन्स्योरेन्स लि. का आ.व. २०७८/०७९ को लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ। साथै आ.व.०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ।

सभाले संस्थापक शेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरु क्रमशः कुमार प्रसाद कोइराला, रतनलाल केडिया, डा. सुवर्ण दास श्रेष्ठ र भरत कुमार तोदी निर्विरोध निर्वाचित हुनुभयो ।

त्यस्तै सर्वसाधारण शेयरधनी तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक क्रमशः श्री केशव राज के.सी. र श्री परिक्षीत खेम्का निर्विरोध निर्वाचित हुनुभयो ।

कम्पनीको छैठौं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण शेयरधनी महानुभावहरु, उपस्थित अतिथीगण तथा सम्पूर्ण नियमनकारी निकायहरु कम्पनी रजिष्ट्रार कार्यालय, नेपाल बीमा प्राधिकरण, धितो पत्र बोर्ड लगायतलाई धन्यवाद ज्ञापन गरी सभाध्यक्षबाट साधारण सभा समापन गर्नु भयो।

Skip This