अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नीति कार्यान्वयनमा बिमला : नगरकोषबाट तलब सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने

नीति कार्यान्वयनमा बिमला : नगरकोषबाट तलब सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने


सुनवल : नवलपरासीको सुनवल नगरपालिकाले नगरपालिकाको कोषबाट तलब, भत्तासहितका सुविधा लिने सबैका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने अनिवार्य गरेको छ । नगरकोषबाट तलब, भत्तासहितका सुविधा लिने कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरुले अनिवार्यरुपमा आफ्ना छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गर्न अनिवार्य गरेको हो ।
नगरपालिकाको आ.व. २०८०÷०८१ को वार्षिक नीति तथा कार्यव्रmममा उक्त व्यवस्था गरिएकाले ‘नगर कोषबाट तलब, भत्तासहितको सुविधा लिने सबैले आफ्ना छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने अनिवार्य गरिएको नगर प्रमुख विमला अर्यालले बताइन् । गतवर्ष नगरपालिकाको अनुरोधमा अधिकांश शिक्षकहरुले आफना बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा भर्ना गराएका थिए । यसवर्षदेखि भने नगरपालिकाले नीति तथा कार्यव्रmममै व्यवस्था गरेर सबैका छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना गराउन अनिवार्य गरेको हो । यो व्यवस्था आउँदो शैक्षिक सत्रदेखि लागु हुने जनाइएको छ । ‘नीति तथा कार्यव्रmममै व्यवस्था गरेकाले यसले नैतिक दबाब पर्ने र आउँदो शैक्षिक सत्रदेखि सबैले भर्ना गर्ने विश्वास लिएका छौं । ’ नगर प्रमुख अर्यालले भनिन् ।
नगरको आन्तरिक कोषबाट तलब, भत्तासहितको सुविधा लिने ३६७ जना रहेको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिए । जसमा ३५ सामुदायिक विद्यालयका ८८ शिक्षक, ज्यालादारीसहितका अन्य गरी २११ जना कर्मचारी र ६८ जना जनप्रतिनिधिहरु रहेका छन् ।