अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अल नासरसँग मेस्सी सम्मेलित इन्टर मियामीको हार

अल नासरसँग मेस्सी सम्मेलित इन्टर मियामीको हार


काठमाडौँ– लियोनल मेस्सी सम्मेलित इन्टर मियामीले क्रिस्टियानो रोनाल्डो सम्मेलित अल नासरसँग लज्जास्पद हार बेहोरेको छ। साउदी अरेबियामा‌ भएको मैत्रीपूर्ण खेलमा मियामी अल नासरसँग ६–० को लज्जास्पद हार बेहोरेको हो ।

उक्त खेलमा रोनाल्डो अनुपस्थित थिए । चोटका कारण उनी दर्शन दिर्घाबाट खेल हेरेका थिए । मेस्सी भने खेलको अन्तिम ७ मिनेट खेलेका थिए । उमी खेलको ८३औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । मेस्सी मैदान प्रवेश गर्दासम्म मियामी ६–० ले पछाडि परिसकेको थियो ।

अल नासरका लागि ब्राजिलियन टालिस्काले‌ ह्याट्रिक पूरा गरेका थिए । उनले १०औँ, ७३औँ गोल गर्दा ५१औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

ओटाभियोले खेलको तेस्रो मिनेटमै अल नासरलाई सुरुआती अग्रता दिलाएका थिए । एमिरिक लापोर्टेले खेलको १२औँ र मोहम्मद मारनले ६८औँ मिनेटमा अल नासरका लागि गोल गरेका थिए ।