अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको संसदीय दलको बैठक आज पनि, दलको नेताले संसद्मा प्रतिपक्षको भूमिकाबारे ब्रिफिङ गर्ने 

एमालेको संसदीय दलको बैठक आज पनि, दलको नेताले संसद्मा प्रतिपक्षको भूमिकाबारे ब्रिफिङ गर्ने 


काठमाडौँ– नेकपा एमालेको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । हिजोदेखि सुरु भएको एमाले संसदीय दलको बैठक आज पनि बस्न लागेको हो ।

हिजो बसेको बैठकमा अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले  सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिनुभएको थियो । यस्तै आज संसद्मा प्रतिपक्षको हैसियतले कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने भन्नेबारेमा दलको नेताले ब्रिफिङ गर्ने एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो ।  

संसद्को हिउँदे अधिवेशन यही माघ २२ गतेदेखि बस्दै छ । यो अधिवेशनमा सङ्घीयता कार्यान्वयन, शान्ति प्रक्रिया लगायत महत्त्वपूर्ण कानुनहरू बनाउने विधेयक अघि बढाउने सरकारको तयारी छ ।