अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यू-१९ विश्वकप क्रिकेट : सेमिफाइनल समीकरण पुरा

यू-१९ विश्वकप क्रिकेट : सेमिफाइनल समीकरण पुरा


काठमाडौँ- दक्षिण अफ्रिकामा जारी यू-१९ क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण पुरा भएको छ।

सुपर सिक्स चरणका खेलहरु सकिएपछि दुवै समूहबाट सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो।

सुपर सिक्सको समूह १ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् भने समूह २ बाट अस्ट्रेलिया र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका छन्। यस प्रतियोगितामा नेपाल भने सुपर सिक्समा पुगेर बाहिरिएको थियो।

१६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल यस विश्वकपमा ११औ स्थानमा रहेर प्रतियोगिता समाप्त गरेको छ। नेपाल टेस्ट खेल्ने देश अफगानिस्तान र जिम्बाबेभन्दा अगाडी रहेको छ। 

अब सेमिफाइनलमा भारतको सामना दक्षिण अफ्रिकासँग हुने भएको छ र यो खेल फेब्रुअरी ६ मा हुने छ। त्यस्तै अर्को सेमिफाइनल पाकिस्तान र अस्ट्रेलियाबिच हुने छ र यो खेल फेब्रुअरी ८ मा हुने तालिका रहेको छ।