अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले धादिङ विवाद समाधानका लागि छलफल, संगठन विभागले दुई जना खटाउने  

एमाले धादिङ विवाद समाधानका लागि छलफल, संगठन विभागले दुई जना खटाउने  


काठमाडौँ– नेकपा ९एमाले० धादिङ जिल्ला अधिवेशनमा देखिएको विवाद समाधानका लागि छलफल भएको छ । गएराति एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा धादिङ जिल्ला अधिवेशनमा देखिएको विवाद समाधानका विषयमा छलफल भएको हो । 

नवौँ जिल्ला अधिवेशनमा विवाद सिर्जना भएपछि पार्टी अध्यक्ष ओलीले अध्यक्ष मण्डलसहित ८ जना नेतालाई काठमाडौँ बोलाएर छलफल गर्नुभएको थियो । सो विवाद समाधानका लागि संगठन विभागले दुई जना खटाउने निर्णय भएको जनाइएको छ । संगठन विभागले प्रतिनिधि मनोनीत, अध्यक्ष मण्डल गठनको विवाद निरूपण गर्ने र मंगलबारदेखि बन्दसत्र सुरु गर्ने सहमति भएको बताइएको छ । 

शुक्रबारबाट सुरु भएको एमाले धादिङको अधिवेशनमा अध्यक्ष मण्डलको अध्यक्ष कसलाई बनाउने भनेर विवाद भएको थियो। सो  विवादपछि धादिङको अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।