अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारीको २६ औं स्थापना दिवसमा वृद्ध आमालाई न्यानो कपडा

प्रेस चौतारीको २६ औं स्थापना दिवसमा वृद्ध आमालाई न्यानो कपडा


स्याङ्जा-प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा स्याङ्जा शाखाले वृद्ध आमाहरुलाई बलाङकेट वितरण गरेको छ।

आठौं वालिङ महोत्सवमा सहभागी ८० वर्ष नाघेका ५ जना आमा र एक जना फरक क्षमता भएका व्यक्तिलाई बलाङकेट प्रदान गरिएको प्रेस चाैतारी स्याङ्जा शाखाले जनाएको छ।  

जाडो समयमा पत्रकारको न्यानो माया स्वरुप महोत्सव स्थलमा कार्यक्रम गरिएको प्रेस चौतारी नेपालस्याङ्जा शाखाले जनाएको छ।  

फरक क्षमता भएका वालिङ-९ का आत्मराम कँडेल ८७ वर्षीय छलिकुमारी सुवेदी, ८६ वर्षीय पवित्रा सुवेदी, ८५ वर्षीय गंगा पराजुली, ८० वर्षीय गंगा कुमारी थापा र ख्याम कुमारी थापालाई बलाङकेट प्रदान गरिएको हो।

गत वर्ष दुर्घटना निराकरण गर्न स्लो मोटरसाईकल रेस प्रतियोगिता गरेको स्याङ्जा शाखाले यस वर्ष न्यानो लुगा स्वरुप बलाङकेट  वितरण गरेको हो । ८० काटेका वृद्धहरुसँग संचारकर्मी भन्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको जिल्ला अध्यक्ष सुशील सुवेदीले बताउनुभयाे ।

प्रेस चौतारी नेपालको स्थापना २०५४ साल माघ २२ गते भएको थियो । पत्रकारहरुको हक हितमा काम गर्दै आएको यस संस्थामा आवद्ध देशभरका शाखाहरुले विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाएका छन्।