अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारी झापाले मनायो स्थापना दिवस

प्रेस चौतारी झापाले मनायो स्थापना दिवस


झापा-प्रेस चौतारी नेपाल झापाले चौतारीको २६ औँ स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ । 

झापाली पत्रकारहरुको भव्य सहभागितामा आज बिर्तामोड ७ स्थित शहिद नेत्र पार्कमा झापाली पत्रकारहरुको भव्य सहभागितामा स्थापना दिवस मनाएको हो।

स्थापना दिवसको अवसरमा प्रेस चौतारीले झापाको दोस्रो अध्यक्ष तोयानाथ उपेक्षितलाई नगद २५ हजारसहित सम्मान गरेको छ। उपेक्षित वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा रहेकाले उहाँका सहकर्मी रमेश गौतमले उक्त सम्मानपत्र बुझेका थिए। गौतम उपेक्षितको कार्यकालमा कोषाध्यक्ष रहेका थिए । चौतारीले यसअघि संस्थापक अध्यक्ष नेत्र पाठकलाई २५ औं स्थापना दिवसको अवसरमा सम्मान गरेको थियो।

सोही अवसरमा बिरामी भएका तीन जना पत्रकारलाई पत्रकार उपचार सहयोग कोषबाट उपचार खर्च वापत रकम वितरण गरेको छ। पत्रकार उद्धव पुरी, तुलसीप्रसाद निरौला र सावित्रा दाहाललाई जनही ५ हजार रुपैयाँका दरले सहयोग प्रदान गरेको हो। त्यस्तै बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा कार्यक्रममा सहभागी पत्रकारहरुको निःशुल्क आँखा परीक्षण गरिएको थियो। वनभोजसहित आयोजना गरिएको कार्यक्रममा मनोरञ्जनात्मक प्रतियोगिताहरु सञ्चालन गरिएको थियो।