अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस नेता केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त

कांग्रेस नेता केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त


काठमाडौं-नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज विहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टीका केन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वसामान्य प्रशासनमन्त्री बुढाथोकीकाे निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो।

झापाको अर्जुनधारा निवासी बुढाथोकी प्रोस्टेट क्यान्सर रोगबाट पीडित थिए। नेपाली कांग्रेस अर्जुनधाराका सभापति हेमराज खरेलले उनको निधन भएको पुष्टि गर्नुभयो।

बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा गएराति निधन भएको थियो । विसं २००१ असोज २२ गते पिता रणकेशर बुढाथोकी र माता नन्दकुमारी बुढाथोकीको सुपुत्रका रुपमा जन्मनुभएका स्व. बुढाथोकीले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ।

उहाँ दुईपटक मन्त्री हुनु भएको थियो । उहाँ पञ्चायतकालमा जलस्रोत राज्यमन्त्री र पछिल्लो पटक सामान्य प्रशासन मन्त्री हुनु भएको थियो ।

करीब चार बर्षदेखि प्रोष्टेट क्यान्सरसँग लडिरहेका नेता बुढाथोकी लामो समय भारतमा उपचार गराएर फर्किएपछि एकसाता अघिदेखि थप समस्या उत्पन्न भएपछि अस्पताल भर्ना गरिएको थियो।