काठमाडौं-संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त हुनु भएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार पाण्डेयलाई आज राष्ट्रपति पाैडेलले महासचिवमा नियुक्त गरेका हुन् ।
सचिव पदबाट दिएको राजीनामा स्वीकृत भएसँगै पाण्डेयलाई संघीय संसदको महासचिव नियुक्तिको तयारी भएको छ।
संघीय संसद्को नयाँ महासचिवमा पाण्डेको नाम प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले मंसिर २५ गते राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नुभएको थियो ।

प्रतिक्रिया