अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ आजको विनिमय दर 

यस्तो छ आजको विनिमय दर 


काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०६ पैसामा कारोबार भएको छ । यो मूल्य बुधबारको तुलनामा १४ पैसाले घटेको हो । बुधबार यसको खरिददर १३२ रुपैयाँ ६० पैसा र बिक्रीदर १३३ रुपैयाँ २० पैसामा कारोबार भएको थियो ।

बिहीबार युरोपियन युरोको एकको खरिददर १४२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४३ रुपैयाँ २९ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३१ पैसाले बढेको हो । यसअघि बुधबार युरोको खरिददर १४२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९८ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०७ पैसा कायम गरिएको छ । यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८७ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रुपैयाँ २९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९५ पैसा कायम हुँदा बिक्री दर भने ८ रुपैयाँ ९९ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४१ पैसा तथा बिक्री दर १८ रुपैयाँ ४९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रुपैयाँ ९८ पैसा तथा बिक्री दर १० रुपैयाँ ०३ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, बिहीबार कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ३३ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ४९ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ३२ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ४८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहीबार २७ रुपैयाँ ८२ पैसा र बिक्रीदर २७ रुपैयाँ ९५ पैसा कायम गरेको छ । साथै, कुवेती दिनार एकको खरिददर ४३० रुपैयाँ २३ पैसा र बिक्रीदर ४३२ रुपैयाँ १८ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ९२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।