काठमाडौँ– देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ ।
बिहानको समयमा तराईका अधिकांश स्थानहरूमा लागेको हुस्सु मध्य र पश्चिम तराईमा मध्यान्न सम्ममा र पूर्वी तराईमा अपराह्न सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको छ ।
हुस्सुको प्रभावले बिहानपखको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।






प्रतिक्रिया