अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले ६ जिल्लाको अधिवेशन सकियो, बाँकीले  जेठ मसान्तभित्र सक्नुपर्ने 

एमाले ६ जिल्लाको अधिवेशन सकियो, बाँकीले  जेठ मसान्तभित्र सक्नुपर्ने 


काठमाडौँ– नेकपा एमालेको ६ जिल्लाको अधिवेशन भएको छ । हालसम्म ६ जिल्लाको अधिवेशन भएको हो । 

एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव डा भीष्मराज अधिकारीका अनुसार हालसम्म मुगु, दार्चुला, म्याग्दी, दोलखा, महोत्तरी र रौतहटको अधिवेशन भएको छ । यसमध्ये रौतहटको अधिवेशन भने आज सकिन लागेको छ । 

यस्तै धादिङको अधिवेशन भने विवादका कारण स्थगित भएको छ । आन्तरिक लफडाले स्थगित भएको एमाले धादिङको नवौँ जिल्ला अधिवेशनको बन्दसत्र फागुन १ गतेदेखि सुरु हुने भएको हो । 

एमालेले २०८१ जेठ मसान्तभित्र सबै जिल्ला अधिवेशन सक्न निर्देशन दिएको छ । जसका लागि एमाले केन्द्रले सबै जिल्लामा परिपत्र समेत पठाएको छ । 

एमाले महासचिव शंकर पोखरेलले जिल्ला अधिवेशन विधान बमोजिम गर्नका लागि प्रदेश र जिल्ला कमिटीलाई परिपत्र गर्नुभएको हो ।