अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीले नेताको फुली थपेरै समय सक्ने भयो : एमाले नेता बास्कोटा 

माओवादीले नेताको फुली थपेरै समय सक्ने भयो : एमाले नेता बास्कोटा 


काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रले नेताको फुली थपेरै समय सक्ने गरेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले यस्तो टिप्पणी गर्नुभएको हो । 

उहाँले लेख्नुभएको छ,’पुष्पकमल नेतृत्वको माओवादीले दुईवटा राम्रो काम गर्ला कि भनेर सास रोकेर बस्या थेँ, त्यो पनि लास्टा उही भो । नाम बदल्ने कुरा हराएछ र सोली आकारको पार्टी संरचना बदल्ने कुरो पनि ९९ बाट १५१ हुँदै अन्तिममा महाधिवेशनले केकको संख्या टुंगो लाउने भनेछ । त्यसले पनि नेताको फुली थपेरै समय सक्ने भएछ ।’

माओवादीको विधान सम्मेलन आगामी फागुन १ गतेदेखि हुँदैछ ।