काठमाडौँ– मानवअधिकार रक्षकहरूको चौथो राष्ट्रिय सम्मेलन हुँदैछ । सम्मेलन भोलि काठमाडौँको राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजेदेखि हुनेछ ।
सम्मेलनको नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने भएको छ ।
यस्तै सम्मेलनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा। शेखर कोइराला, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरलगायतको सहभागिता रहनेछ ।
प्रतिक्रिया