पाल्पा-पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।
सदरमुकाम तानसेनको डुम्रेबाट तिनाउ गाउँपालिकास्थित चिदिसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप दुर्घटनामा परेको हो।
मंगलबार अपराह्न तिनाउ गाउँपालिका-५ स्थित मस्यामको चिदिसमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो।
घटनास्थलमा प्रहरी र स्थानीयबासीले उद्धार गरिरहेका छन्। जीप सडकबाट खसेर क्षतिग्रस्त अवस्थामा भेटिएको छ।
प्रतिक्रिया