अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसीसी महिला प्रिमियर क्रिकेट : नेपालले आज क्वार्टरफाइनलमा कुवेतसँग खेल्दै  

एसीसी महिला प्रिमियर क्रिकेट : नेपालले आज क्वार्टरफाइनलमा कुवेतसँग खेल्दै  


काठमाडौँ– मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलका खेल आज हुने भएका छन् ।

जसअनुसार क्वाटर फाइनल खेलमा नेपालले आज कुवेतसँग खेल्ने भएको छ । मलेसियाको वाईएसडी ओभल मैदानमा खेल नेपाली समय अनुसार आज बिहान ११ः १५ बजेदेखि सुरु हुनेछ ।

नेपाल समूह विजेता हुँदै क्वाटरफाइनलमा पुगेको हो । नेपालले समूह चरणमा हङकङ र भुटानलाई ८–८ विकेटले र माल्दिभ्सलाई कीर्तिमानी २१४ रनले पराजित गरेको थियो । 

आजै अन्य क्वाटरफाइनलमा बिहान ११ः१५ बजे मलेसिया र जापान खेल्दै छन् भने बिहान ७ः१५ बजे हङकङ र थाइल्याण्ड तथा इन्डोनेसिया र युएई खेल्दै छन् ।   

१६ देशले भाग लिएको महिला प्रिमियर कपमा नेपालसहित ८ देश थाइल्याण्ड, कुवेत, युएई, जापान, मलेसिया, इन्डोनेसिया र हङकङ क्वाटरफाइनलमा पुगेका छन् । त्यसै गरी म्यान्मार, सिंगापुर, चीन, ओमान, कतार, बहराइन, भुटान र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन् ।