अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वकप लिग–२ : नामिबियाविरुद्ध बदला लिने लक्ष्यमा नेपाल

विश्वकप लिग–२ : नामिबियाविरुद्ध बदला लिने लक्ष्यमा नेपाल


काठमाडौँ– आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नेपालले आज नामिबियासँग खेल्ने भएको छ । खेल नेपाली समयअनुसार साढे ९ बजे त्रिभुवन विश्वविद्यालयको मैदानमा सुरु हुनेछ । 

यसअघि लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटको पराजित भएको थियो ।  

नेपाल पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो । तर, दोस्रो खेलमा बलियो नेदरल्यान्ड्समाथि ९ विकेटको शानदार जीत हासिल गर्‍यो । आज नामिबियासँग बदला लिने नेपालसँग अवसर हुनेछ ।

त्रिकोणात्मक शृङ्खलामा तीनै टोलीले २–२ खेल खेलेका छन् । हालसम्म सबै टोलीले समान एक खेलमा जीत र एक खेलमा हार बेहोरेका छन् । नेपाल नेट रनरेटको आधारमा शीर्ष स्थानमा रहेको छ ।

आजको खेलपछि नेपालले आइतबार नेदरल्यान्ड्ससँग यो शृंखलाको अन्तिम खेल खेल्नेछ ।