अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले बाह्रौँ ताप्लेजुङ वनभोजको आयोजना गर्दै

ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले बाह्रौँ ताप्लेजुङ वनभोजको आयोजना गर्दै


काठमाडौँ– ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले बाह्रौँ ताप्लेजुङ वनभोजको आयोजना गर्ने भएको छ । केन्द्रले यही फागुन १९ गते मन्थली चौर, गुण्डु, भक्तपुरमा बाह्रौँ ताप्लेजुङ वनभोजको आयोजना गर्न लागेको हो । 

केन्द्रले हरेक वर्ष फागुन महिनामा ताप्लेजुङ वनभोजको आयोजना गर्दै आएको जनाएको छ । वनभोज नेपालकै ठुलो वनभोज रहेको केन्द्रको दाबी छ । 

यस्तै केन्द्रले बाह्रौँ ताप्लेजुङ वनभोज सम्पन्न गर्नका लागि उपाध्यक्ष बलहादुर तामाङको संयोजकत्वमा वनभोज आयोजक समिति गठन गरेको छ । सो समितिले वनभोज सफल पार्न १० वटा उपसमितिहरु बनाई कामलाई अगाडि बढाएको केन्द्रले जनाएको छ ।

ताप्लेजुङ वनभोजको मुख्य उद्देश्य जिल्लावासीहरुबिच आपसी भेटघाट, चिनाजानी, सद्भाव र सम्बन्धको पुनर्ताजगीका साथै मनोरञ्जनको प्रमुख थलो बनाउने रहेको केन्द्रले जनाएको छ ।  

केन्द्रले अन्य विभिन्न गतिविधि पनि गर्दै आएको छ । जसमा राहत तथा सहयोग, ताप्लेजुङ मेला/महोत्सव, पाथीभरा पदयात्रा महोत्सव र ताप्लेजुङ साँझ रहेका छन् ।  

केन्द्रमा ताप्लेजुङ घर भई काठमाडौँमा बसोबास गर्दै आएका समाजसेवी, विभिन्न राजनीतिक दलका नेता, मन्त्री, पूर्वमन्त्री, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी, व्यवसायी, कलाकार, विद्यार्थी सबै पक्षको सहभागिता रहेको छ ।