अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको सम्भावित कार्यसूची


काठमाडौँ– संघीय संसद् अन्तर्गतको  प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो । 

बैठकको सुरुमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सांसदको नाम हेरफेर गर्ने कार्यसूची रहेको संसद् सचिवालय जनाएको छ । यस्तै बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले विमस्टेक वडापत्र प्रस्तुत गर्नुहुनेछ ।  

यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री निता देवीले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । अर्थ मन्त्री डा प्रकाश शरण महतले ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्य व्यवस्था समितिको प्रतिवेदन सहितको ‘राष्ट्रिय सभामा उत्पत्ति भएको अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । यस्तै उहाँले यो  विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।