अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टी–२० सिरिज : आज नेपाल र नामिबिया भिड्दै

टी–२० सिरिज : आज नेपाल र नामिबिया भिड्दै


काठमाडौँ– त्रिकोणात्मक टी–२० आई सिरिजको तेस्रो खेलमा नेपालले आज नामिबियासँग खेल्दैछ । नेपाल र नामिबियाबिचको खेल बिहान साढे ११ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ ।

आज नेपाल पहिलो जितको खोजीमा छ । यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो भने  दोस्रो खेलमा बुधबार नेदरल्याण्डविरुद्ध २ रनको हार बेहोरेको थियो।

दुबै खेलमा पराजित नेपालले फाइनल खेल्ने सम्भावना कायम राख्न आज जित्नैपर्ने दबाबमा छ । आज नामिवियासँग पराजित भए नेपाल एक खेल अगावै फाइनल दौडबाट बाहिरिनेछ ।

टी–२० त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबियासँगै र नेदरल्याण्ड सहभागी छन् ।