अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

उदयपुरको कटारीमा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु, १३ घाइते

उदयपुरको कटारीमा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु, १३ घाइते


उदयपुर-उदयपुरको कटारी नगरपालिका–७ मजेतपुरमा आज दिउँसो बोलेरो दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

ना १ ज ८३३३ नम्बरको बोलेको दुर्घटना हुँदा कटारी नपा–८ थलियाका ७० वर्षिय बीरबहादुर तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी सुवास राईले जानकारी दिनुभयो।

घाइतेहरु मध्ये ११ जनाको अवस्था गम्भिर छ। उनीहरुलाई उपचारका लागि विराटनगरस्थित नोबेल हस्पिटल पठाइएको छ। अन्य दुईजनाको कटारी अस्पतालमा उपचार भइरहेको छ।

कटारी बजारदेखि थलियातर्फ जाँदै गरेको बोलेको ब्रेक फेल भई डेडसय मिटर तल खसेको प्रहरीले जनाएको छ। 

तस्वीरहरु