अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवनकी बालिका शालिनको मृत्यू प्रकरणमा अध्यक्ष ओलीको आग्रह : हत्या वा आत्महत्या के हो गहिरो अनुसन्धान होस

चितवनकी बालिका शालिनको मृत्यू प्रकरणमा अध्यक्ष ओलीको आग्रह : हत्या वा आत्महत्या के हो गहिरो अनुसन्धान होस


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनकी शालिन पोखरेलको मृत्यू प्रकरण हत्या वा आत्महत्या के हो तत्काल निक्र्यौंल गर्न सरकारसँग माग गर्नु भएको छ । केहीबेर अघि सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले हत्या वा आत्महत्या के हो भन्ने विषयमा गहिरो अनुसन्धान गरेर सार्वजनिक नगर्दा बाहिरी हल्ला र अफवाहले गर्दा अनुसन्धानमा असहयोग पुगिरहेको महसुष भएको उल्लेख गर्नुभएको छ ।
अध्यक्ष ओलीले बालिकाको यस्तो घटना देखेर आफू बेचैन भएको उल्लेख गर्नुभएको छ । उहाँले प्रहरी प्रशासनले गर्ने अनुसन्धानलाई सघाउन सबैलाई आग्रह पनि गर्नुभएको छ । अध्यक्ष ओलीले सामाजिक सञ्जालमा यस्तो लेख्नु भएको छ-
चितवनको शिशु निकेतन स्कूलको छात्रावासमा बालिका शालीन पोखरेलको शव झुण्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको छ। यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस्। परिवार र आफन्त अत्यन्त पीडित छन्। यस्ता घटनालाई अनुसन्धान गर्ने निकाय भन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुन्छ। हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याइयोस् । सबैले अनुसन्धानलाई सहयोग गरौं।