अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनकपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु, पाँच जना घाइते

जनकपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु, पाँच जना घाइते


जनकपुरधाम-जनकपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएकाे छ। जनकपुरधाम स्थित एञ्जल्स स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन्। 

घाइते सबैको उपचार मधेश स्वास्थ्य प्रतिष्ठान अन्तर्गतको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको जिल्ला ट्राफिक कार्यालय, धनुषा जनकपुरधामले जनाएको छ।

मृत्यु हुनेमा जनकपुरधाम उप–महानगरपालिका-२३ विन्धीकी ३५ वर्षीया राखी देवी यादव रहेकी प्रहरीले जनाएको छ। जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत जकपुरधाम उप–महानगरपालिका २३ विन्धीमा जनकपुरको एञ्जल्स स्कुलको प्र २–०२–००१क ०४३१ नम्बरको बसले ठक्कर दिंदा उक्त दुर्घटना भएको हो।

घाइतेमा स्थानीय पशुपति देवी, अम्बिका झा, ममता देवी यादव लगायत पाँच जना छन्। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। सडक छेउमा हिँडिरहेका महिलालाई तीव्र गतिमा रहेको बसले ठक्कर दिएको स्थानीयबासिन्दाले बताएका छन्। विवाहका लागि माटो खन्न गइरहेका महिलाहरुको समुहलाई बसले किच्दा स्थानीयका दुर्घटना भएको हो।

दुर्घटनापछि आक्रोषितले बसमा तोडफोड गरेका छन्। स्थिति नियन्त्रणको लागि  प्रहरी परिचालन गरिएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।