अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 पिएसजी च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा

 पिएसजी च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा


काठमाडौँ– पिएसजी युइएफए च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको छ । 

च्याम्पियन्स लिगको राउण्ड १६ अन्तर्गतको दोस्रो लिगमा रियल सोसियडाडलाई २–१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४–१ को नतिजासहित पिएसजी क्वार्टर फाइनलमा पुगेको हो ।

पिएसजीको जितमा किलियन एम्बाप्पेले दुवै गोल गरेका थिए । उनले खेलको १६ औं र ५६औं मिनेटमा गोल गरेका थिए । 

त्यस्तै रियल सोसियडाडका लागि एक गोल मिकेल मेरिनोले गरेका थिए । यसअघि पहिलो लिगमा पिएसजीले २–० को जित निकालेको थियो ।