अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा


काठमाडौँ– म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको छ । गए राति सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा म्यानचेस्टर सिटीले कोपेनहेगन क्लबसँग ३–१ गोल अन्तरले पराजित गर्दै समग्रमा ६–२ को नतिजासहित क्वार्टर फाइनलमा पुगेको हो ।

यस खेलमा म्यानचेस्टर सिटीका लागि मानुएल अकान्जी, जुलियन अल्भारेज र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए । यसअघि सम्पन्न राउण्ड १६ को पहिलो लिगमा म्यानचेस्टर सिटीले कोपनहेगनविरुद्ध ३–१ को नै नतिजा निकालेको थियो । 

योसँगै म्यानचेस्टर सिटीसहित रियल म्याड्रिड, बायर्न म्युनिख र पिएसजी यस सिजनको च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेका छन् ।