पर्वत-कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संविधान र संघीयता कार्यान्वयनका लागि आवश्यक बाँकी कानून निर्माण गरिने बताउनु भएको छ।
आज पर्वत सदरमुकाम कुश्मा बजारमा व्यवसायीसँगको अन्तरक्रियामा उहाँले ती कानून निर्माणमा आफू सक्रियतापूर्वक लाग्ने प्रतिवद्धता जनाउनुभयो ।
मन्त्री गिरीले स्वाधीन अर्थतन्त्र जगेर्ना गर्नु आजको आवश्यकता रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘कतिपय कानूनमा बाहिरी हस्तक्षेप आउने गरेको व्यवसायीको गुनासो छ । नेपालको लागि नेपाली आफैँले कानून निर्माण गर्नुपर्छ। पछिल्लो समयमा देशको आर्थिक अवस्था कमजोर बन्दै गएको र युवा पलायन नरोकिएको तर्फ उहाँले चिन्ता व्यक्त गर्नुभयो।
संविधान कार्यान्वयन र कतिपय पुराना कानूनहरू संशोधनको महत्वपूर्ण जिम्मेवारी अझै पनि बाँकी रहेको मन्त्री गिरीले बतााउनुभयो। उहाँले भन्नुभयो, ‘ती काम पूरा गर्नु वर्तमान सरकारको दायित्व हो।’
मन्त्री गिरीले देशभर सहकारीमा देखियो समस्या समाधानका लागि पनि कानून संशोधनको आवश्यकता औंल्याउनु भयो।




प्रतिक्रिया