अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला : नेपालले पपुवा न्युगिनीविरुद्ध पहिला ब्याटिङ गर्ने

त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला : नेपालले पपुवा न्युगिनीविरुद्ध पहिला ब्याटिङ गर्ने


काठमाडौँ– नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा आज पपुवा न्युगिनीविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । 

पपुवा न्युगिनीका कप्तान असाद भालाले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिला ब्याटिङको निम्तो दिएका हुन् ।

यसअघि भएको नेपाल र हङकङबिचको पहिलो खेल वर्षाको कारण रद्द भएको थियो । फाइनलमा पुग्न नेपाल आज जित्नै पर्ने दबाब छ ।

पछिल्लो खेलबाट नेपालले टोलीमा एक परिवर्तन गरेको छ । अभिनाश बोहराको स्थानमा आकाश चन्द खेलेका छन् । अभिनाश बिरामी भएका छन् । टोलीमा अन्य परिवर्तन भने गरेको छैन ।

नेपालको प्लेइङ ११

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, सन्दीप जोरा, आरिफ शेख, गुलशन झा, लोकेश बम, विवेक यादव, करण केसी, आकाश चन्द, प्रतिश जिसी

बेन्च : राशिद खान, सागर ढकाल र अभिनाश बोहरा ।