अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल नासर

 एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल नासर


काठमाडौँ– अल नासर एशियन च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गए राति सम्पन्न क्वार्टर फाइनलमा युएईको क्लब अल ऐनसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै अल नासर एएफसी च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

दोस्रो लिगमा अल नासरले ३–२ को नतिजा निकालेसँगै पहिलो लिगमा १–० ले हारेको आधारमा खेल ३–३ गोलको बराबरी भएपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल ४–३ ले सकियो र समग्रमा खेल ४–४ ले बराबरी भयो ।

त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा अल नासरका क्रिस्टियानो रोनाल्डो बाहेक अन्य तीन खेलाडीले गोल गर्न सकेनन् र अल नासरले खेल ३–१ ले हार्न पुग्यो । यो हारसँगै अल नासर एशियन च्याम्पियन्स लिगमा क्वार्टर फाइनलबाट नै बाहिरिएको छ भने अल ऐन सेमिफाइनलमा पुगेको छ ।