अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला : नेपालले पीएनजीलाई दियो १९९ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला : नेपालले पीएनजीलाई दियो १९९ रनको लक्ष्य


काठमाडौं– त्रिदेशीय ट्वान्टी–२० शृंखलाअन्तर्गत नेपालले पपुवा न्युगिनीलाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ । 

आज आफ्नो दोस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको हो ।

२० ओभर खेलेको नेपालले ६ विकेट गुमाउँदै १९८ रन बनाएको छ । 

नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र पाँचौँ नम्बरका ब्याट्सम्यान सन्दीप जोराले अर्धशतकीय पाली खेले ।

टी–२० विश्वकपमा नेपालले आफ्नो पहिलो खेल जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले दोस्रो खेल जुन ११ तारिखमा श्रीलंकासँग र तेस्रो खेल जुन १४ तारिखमा दक्षिण अफ्रिकासँग खेल्नेछ । नेपालले समूहगत चरणको चौथो तथा अन्तिम खेल जुन १६ तारिखमा बंगलादेशसँग खेल्नेछ ।