अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला : नेपालले पीएनजीलाई हरायो

त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला : नेपालले पीएनजीलाई हरायो


काठमाडौँ– नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई ८५ रनले हराएको छ ।   

हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आजको खेलमा नेपालले पीएनजीलाई ८५ रनले हराएको हो । 

पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले १६.१ ओभरमा अलआउट हुनुअघि एक सय १३ रनमात्र बनाउन सक्यो । 

नेपालको जितमा कुशल भुर्तेलले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरे । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक बनाए भने चार विकेट पनि लिए ।

शृंखलमा नेपालको यो दोस्रो खेल हो । यसअघि, नेपाल र हङकङबीचको खेल वर्षाका कारण बिनानतिजा टुंगिएको थियो । पीएनजीको यो पहिलो खेल हो ।