अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखराका बिगमार्टमा माछापुच्छ्रेका ग्राहकलाई १० प्रतिशत छुट

पोखराका बिगमार्टमा माछापुच्छ्रेका ग्राहकलाई १० प्रतिशत छुट


काठमाडौं-माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका बिगमार्ट सुपरमार्केटहरूमा १० प्रतिशत छुट दिने भएको छ।

बैंकका ग्राहकले डेविट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा उक्त छुट प्रदान गर्न लागेको हो।

बैंकले ग्राहकले डेबिट कार्ड मार्फत कारोबार गरेको खण्डमा प्रतिव्यक्ति १० प्रतिशत वा बढीमा रु.२०० सम्म क्यासब्याक तथा क्रेडिट कार्ड मार्फत कारोबार गरेको खण्डमा अधिकतम रु २०० सम्म छुट पाउने व्यवस्था गरेको जनाएको छ।

यो क्यासब्याक बिगमार्टका रामबजार, पस्र्याङ, बगर, शितलादेवी, र फूलबारी शाखामा उपलब्ध छ।

माछापुच्छ्रे बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आईरहेको छ।

Skip This