अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीद्वारा दोधारा चाँदनी नगरपालिका-६ काे भवनको उद्घाटन

अध्यक्ष ओलीद्वारा दोधारा चाँदनी नगरपालिका-६ काे भवनको उद्घाटन


कञ्चनपुर-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकाे दोधारा चाँदनी नगरपालिका-६, वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ।

अध्यक्ष ओली आजै सुरु हुने एमालेको जिल्ला अधिवेशन उद्घाटन गर्ने सिलसिलामा कञ्चनपुर आइपुग्नु भएको हो ।

उहाँले यहाँस्थित सुक्खा बन्दरगाह निर्माणस्थलको अवलोकन गर्ने कार्यक्रम छ।

एमाले कञ्चनपुर जिल्ला समितिका सचिव पल्लवराज भट्टका अनुसार अध्यक्ष ओलीले भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित संविधानचोकमा दिउँसो १ बजे अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। त्यसअघि उहाँले महेन्द्रनगरको मदन भण्डारी आधारभूत विद्यालयको भवन उद्घाटन गर्ने कार्यक्रम छ।

एमाले जिल्ला अधिवेशन उद्घाटनपछि अध्यक्ष ओली शुक्लाफाँटा नगरपालिकाको झलारीस्थित शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गरेर आजै काठमाडौँ फर्किने कार्यक्रम छ।