अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नीति तथा कार्यक्रमलाई कार्यदलले आज अन्तिम रूप दिने  

नीति तथा कार्यक्रमलाई कार्यदलले आज अन्तिम रूप दिने  


काठमाडौँ– सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सुझाव दिन बनेको कार्यदलले आज त्यसलाई अन्तिम रूप दिने भएको छ । आज बिहान अर्थ मन्त्रालयमा बस्ने कार्यदलको बैठकले सरकारको नीति तथा कार्यक्रमलाई  अन्तिम रूप दिने भएको हो ।   

अन्तिम रूप दिएपछि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तयारी रहेको छ ।

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको हिजो बसेको बैठकमा गठबन्धन दलहरूले आ–आफ्ना सुझाव दिएका थिए ।  

आज बस्ने बैठकले थप सुझावसहित अन्तिम रूप दिने र त्यसपछि शीर्ष तहमा पेस गर्ने नेताहरूले बताउनुभएको छ ।